

-
काठमाडौं : असोज ११, १२ गतेको बाढी पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन दिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार साँझ (आजदेखि) आयोजनालाई विद्युत्को माग उच्च हुने समय (पिक आवर)मा चलाउने बताएको छ ।
पुस ९ गतेदेखि माथिल्लो तामाकोशी नदी प्रवाहमा आधारित (आरओआर) मोडलमा आंशिक रूपमा सञ्चालनमा आएको थियो । आजदेखि यो पूर्णरुपमा सञ्चालनमा आएको छ । पूर्णरूपमा सञ्चालन गर्नका लागि आइतबार र आज सोमबार साँझसम्म आयोजना बन्द गरिएको थियो ।
नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफर दिन रिभर (आरओआर)मा आधारित छन् । मुलुकको कुल विद्युत् जडित क्षमता ३२०० मेगावाट पुगे पनि हिउँद याममा पानीको सतह घटेका कारण आधाभन्दा बढी उत्पादन घटेको छ । माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको हो । प्राधिकरणका अनुसार हाल करिब १५ सय मेगावाट हाराहारी विद्युत् मात्रै नेपालमा उत्पादन भइरहेको छ । तर पिक आवरमा माग भने २१ सय मेगावाटभन्दा बढी छ । यही बेला भारतबाट विद्युत् आपूर्ति हुँदैन । अरू समयमा भने ५०० मेगावाट हाराहारी विद्युत् दैनिक रूपमा भारतबाट आइरहेको छ । तर पिक आवरमा भारतबाट पनि बिजुली आयात नहुने र आन्तरिक उत्पादनले पनि नधान्ने हुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ यथावत् छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ औद्योगिक करिडोरमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको बताउँछन् । ‘उद्योगहरूलाई कम्तीमा पनि २१र२२ घण्टा बिजुली आपूर्ति दिन सक्नु पर्छ,’ उनले भने, ‘औद्योगिक करिडोरहरूमा साँझ २–३ घण्टा बाहेक बिहान, दिउँसो, रातिको समयमा निर्बाध विद्युत् उपलब्ध हुनुपर्ने हो । तर अहिले त्यो अवस्था छैन ।’ स्वदेशी उद्योगलाई विद्युत् नदिएर निर्यातको लक्ष्य राख्नु उचित नहुने उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले भने तामाकोशी पूर्ण क्षमतामा चलेसँगै औद्योगिक क्षेत्रमा आपूर्ति बढी हुने बताएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि लोड व्यवस्थापनमा धेरै सहज हुने बताए । उनले भने, ‘माथिल्लो तामाकोशी पिक आवरमा चलाउँदा लोड व्यवस्थापनमा धेरै सहज हुन्छ । उद्योग क्षेत्रमा अझै पूरा विद्युत् दिन भने सकिने अवस्था बनेको छैन ।’
News Desk 0 response सोमवार, माघ ७, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३
-
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


