

-
काठमाडौं : लामो बहस र अन्योलपछि सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध परेको रिट खारेजीको फैसला सुनाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज रिट खारेज गर्ने फैसला सुनाएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
सर्वोच्चले रिट नै खारेज गरेकाले अब सरकारलाई यसबारेमा भएका निर्णय कार्यान्वयन गर्न कुनै बाधा नहुने उनले बताए । तर राष्ट्रिय परिचयपत्रका बारेमा सर्वोच्चले केही निर्देशनात्मक आदेश दिएको छ, यी आदेश भोलि सार्वजनिक हुने पनि प्रवक्ता कुइँकेलले उल्लेख गरे ।
यसअघि गएको जेठ ३१ गते सरकारले पहिलो चरणमा २८ वटा जिल्लामा साउन १ गतेदेखि लागू हुनेगरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यसलाई विस्तार गर्दै दोस्रो चरणमा २०८१ माघ १ गतेदेखि थप ३८ वटा जिल्लामा अनिवार्य गर्ने र आउँदो साउन १ गतेपछि भने ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने निर्णय भएको थियो ।
त्यस्तै मोबाइलको सिम कार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।
News Desk 0 response आइतवार, माघ ६, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१