

-
काठमाडौं : नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित तारुका–चन्दनीमा विगतका वर्षहरुझैँ यसवर्ष पनि माघे संक्रान्तिको अवसरमा मंगलबार गोरु जुधाई प्रतियोगिता हुने भएको छ । यो वर्ष जुधाउनका लागि स्थानीय किसानले पालेका १४ हल गोरु दर्ता भएको वडा नम्बर ३ का अध्यक्ष सूर्यमान श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार गोरु जुधाइ कार्यक्रमलाई व्यवस्थित गर्नका लागि मदन श्रेष्ठको नेतृत्वमा एक समिति गठन भएको छ । सोही समितिले गोरु दर्ताका साथै आवश्यक व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागिताका लागि उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह तारुका पुग्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ८ बजेदेखि नै सुरु भएर दिनभर चल्ने उनको भनाइ छ ।
स्थानीय बारीको पाटामा बनाइएको मैदानमा हुने गोरु जुधाइ प्रतियोगिता हेर्नका लागि हजारौँको सहभागिता हुने अपेक्षा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार जुधाइने गोरुलाई ‘क’ र ‘ख’ दुई क्याटोगोरीमा वर्गीकरण गरिएको छ । जसअनुसार ‘क’ क्याटोगोरी गोरु जुध्दा जित्नेलाई १५ र हार्नेलाई १० हजारको व्यवस्था गरिएको छ । यस्तै ‘ख’ क्याटोगोरीको गोरु जुध्दा जित्नेले १० र हार्नेले ८ हजार पाउने व्यवस्था गरिएको छ । गोरु जुधाई प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र तारकेश्वर गाउँपालिकाका साथै विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेको बताइएको छ ।
तारुकाको गोरु जुधाउने जात्रा कहिलेदेखि सुरु भयो भन्ने ठोस प्रमाण नभए पनि बझाङी राजा जयपृथ्वी बहादुर सिंहको पालादेखि सुरु गरिएको विश्वास गरिन्छ ।
यस्तै माघेसंक्रान्तिकै अवसरमा नुवाकोटकै बेत्रावती र धादिङका केही स्थानमा पनि गोरु जुधाउने प्रचलन छ । तर, तारुकाको गोरु जुधाई प्रतियोगिताको भने विशेष चर्चा हुने गर्छ ।
News Desk 0 response मङ्लबार, माघ १, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१