

-
काठमाडौं : जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ ।
पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ । पोषणविद् डा।मनषा थापा ठकुराठीले भनिन्, “विभिन्न मसालाजस्तै अदुवा, लसुन, बेसार, मरिच, जुवानोले शरीर तातो राख्न मद्दत गर्छन् । पोषणविज्ञानले चिसो र तातो खाना छुट्याएको छ । कुन खाना खाँदा तातो प्रभाव दिन्छ, सोही खानेकुरा सेवन गर्नुपर्छ ।”
उनले जाडोमा कोदो तथा फापरको रोटी, गहतको दाल, जुवानोको झोल, चमसुरको साग, सौँफको सागलगायत परिकारले शरीर न्यानो राख्न सहयोग गर्ने बताउनुभयो । “जुन खानेकुरा खाँदा शरीरलाई गर्मी गर्छ त्यस्तो खानेकुरा खानुपर्छ । बच्चाहरूलाई तातो दूध दिन सकिन्छ । बच्चा र बुढाबूढीलाई खीर पनि खान दिन सकिन्छ । यसले पनि शरीरलाई ताप दिन्छ”, पोषणविद् डा ठकुराठीले भनिन् ।
बजारमा पाइने विभिन्न तयारी अवस्थाका सुपका प्याकेटभन्दा घरमा ताजा तरकारीको सुप बनाएर खाँदा शरीरलाई फाइदा पुग्ने पोषणविद् विनिता पन्तले बताइन् । उनले भनिन्, “मांसाहारीले मासुको सुप खान सक्नुहुन्छ । हरियो तरकारी तथा गेडागुडीको सुपहरू बनाएर खाँदा शरीर तातो राख्छ । बजारमा पाइने तयारी सुपहरू नखानु उपयुक्त हुन्छ । दाल तथा गेडागुडीका सुप पनि शरीरका लागि फाइदाजनक छन् । हरियो सागसब्जी, फलफूल पनि खानुपर्छ ।”
पन्तका अनुसार जाडोमा पानी कम खाइने हुनाले अरु झोलिलो खानेकुराबाट पानीको मात्रा पूर्ति गर्नुपर्छ । “मनतातो पानी खाने बानी गर्नुपर्छ । कोदोको सुप एकदम पौष्टिक हुन्छ । सकेसम्म दैनिक एकछाक कोदो खाँदा उपयुक्त हुन्छ । यसमा क्याल्सियम र पोटासियमको मात्रा बढी हुन्छ । लसुन, अदुवा, बेसारले एन्टिबायोटिकका रूपमा काम गर्दछ । यसलाई खानेकुरामा प्रयोग गर्न सकिन्छ ।”
माघे सङ्क्रान्तिमा खाइने घिउ, चाकु, तिलको लड्डु, सख्खर, तरुलले जाडोमा न्यानो राख्न सहयोगी भूमिका खेल्न पोषणविद् ठकुराठीले बताइन् । उनले भनिन्, “चाकुलाई जाडोमा खाने भनेर प्रकृति र मौसमले दिएको खाद्ययवस्तु हो । यसले शरीरलाई ताप दिन्छ । परम्परागत रूपमा पनि यसको महत्व छ । नेवार समुदायमा सुत्केरी महिलालाई तातो गराउन भातमा चाकु र घिउ राखेर खान दिने गरिन्छ ।”
पोषणविद् पन्तले पनि तरुलमा क्याल्सियम तथा पोटासियम बढीमात्रामा पाइने हुनाले यसले शरीरलाई लाभ पुर्याउने धारणा राखिन् । उनले भनिन् “तरुल कार्बोहाइड्रेटको स्रोत हो । यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्नुका साथै विभिन्न रोग लाग्नबाट बचाउँछ । चाकुमा आइरन प्रशस्त पाइन्छ, यसमा क्यालोरी पनि हुने भएकाले शरीरलाई सुरक्षा प्रदान गर्छ ।”
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, दीर्घरोगीलाई चिसो लाग्ने सम्भावना बढी हुने भएकाले तातो खानेकुरामा बढी जोड दिनुपर्ने पोषणविद् डा ठकुराठीको भनाइ छ ।
उनले भनिन्, “दैनिक रूपमा खाइने खाद्यवस्तु र झोलिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा खानु हुँदैन । कमजोर तथा छातीमा चिसो लाग्ने बिरामीहरूले त्यस्ता खानेकुरा खानै हुँदैन । यसले घाँटीको एलर्जी हुने खसखसाउने समस्या निम्त्याउँछ । दही खाँदा दिउँसो मात्र खाने गर्नुपर्छ । बिहान वा बेलुका बढी चिसो समयमा खाँदा पाचन प्रक्रियामा गइसकेपछि त्यसले असर गरी पाचन प्रक्रियामा गडबडी हुन सक्छ ।”
खानेकुराले नभई व्यक्तिपिच्छे शरीरको प्रक्रिया फरक हुने भएकाले आफूलाई कस्ता खाना खाँदा सुहाउँदो हुन्छ त्यो विचार गरेर खानुपर्ने पोषणविद् डा ठकुराठीले बताइन् । सही खानेकुराको सेवन नगर्दा पेट फुल्ने, ग्यास भरिने, पाचन प्रक्रिया सहज नहुने खालका समस्या जाडोमा बढी देखिने उनले उल्लेख गरिन् ।
पोषणविन्द् पन्तले आफूले कति शारीरिक क्रियाकलाप गरिन्छ सोहीअनुसार खानेकुराको सेवन गर्नुपर्ने बताइन् । “खाने भन्दैमा कुनै पनि खानेकुरा बढी खानुहुँदैन । तिल, आलस, काजु, बदाम, ओखर खानु सन्तुलित रूपमा खानुपर्छ । यी खानेकुराहरूमा क्योलोरी तथा मिनिरिल्सको मात्रा बढी हुने भएकाले दैनिक रूपमा खानु शरीरका लागि उपयुक्त मानिन्छ ।”
News Desk 0 response आइतवार, पुस २८, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



