

-
काठमाडौं : काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाडौँबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको हो ।
विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय संजाल ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ सञ्चालनमा रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा रहने गरेका छन् ।
सोही नेटवर्कबाट आफूलाई २८ जनामा फुड पोइजन भएको इमेल प्राप्त भएपछि विभागका सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको महर्जनले बताए ।
उनका अनुसार जनवरी ११ मा नेटवर्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हङकङ उडान भएको क्याथे प्यासिफिकको मिति जनवरी ८ गते उडानमा रहेको १० जना र जनवरी ९ गते उडानमा गएका १८ जना यात्रुहरूलाई फुड पोइजन भएको हो ।
छानबिन समितिलाई यस सम्बन्धमा अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन निर्देशन दिइएको छ ।
News Desk 0 response आइतवार, पुस २८, २०८१

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
देउवा पक्षको कांग्रेसको रिटमा सर्वोच्चले दिएन अन्तरिम..
मङ्लबार, माघ ७, २०८२



