• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरुबिच भेटवार्ता भएको हो ।

    सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    राष्ट्रपतिसँगको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेका थिए ।