

-
काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४ दशमलव ४ प्रतिशतले बढेर ६ खर्ब रुपैयाँभन्दा धेरै भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर चार अर्ब ७३ करोड पुगेको छ ।
यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ जना रहेको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा १८ हजार चार सय नौ जनाले धेरै हो ।
यस्तै पाँच महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ जना छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा ३२ हजार आठ सय ८३ जनाले धेरै हो ।
यस्तै विदेशी मुद्रा सञ्चिति २२ अर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति पाँच महिनामा ११ दशमलव ४ प्रतिशतले बढेर झन्डै पौने २३ अर्ब रुपैयाँ पुगेको हो ।
यस्तै पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ ।
यस्तै मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ६ दशमलव शून्य पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष मङ्सिरमा मूल्यवृद्धि ४ दशमलव ९५ प्रतिशत रहेको थियो ।
News Desk 0 response शुक्रबार, पुस २६, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१