

-
काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४ दशमलव ४ प्रतिशतले बढेर ६ खर्ब रुपैयाँभन्दा धेरै भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर चार अर्ब ७३ करोड पुगेको छ ।
यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ जना रहेको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा १८ हजार चार सय नौ जनाले धेरै हो ।
यस्तै पाँच महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ जना छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा ३२ हजार आठ सय ८३ जनाले धेरै हो ।
यस्तै विदेशी मुद्रा सञ्चिति २२ अर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति पाँच महिनामा ११ दशमलव ४ प्रतिशतले बढेर झन्डै पौने २३ अर्ब रुपैयाँ पुगेको हो ।
यस्तै पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ ।
यस्तै मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ६ दशमलव शून्य पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष मङ्सिरमा मूल्यवृद्धि ४ दशमलव ९५ प्रतिशत रहेको थियो ।
News Desk 0 response शुक्रबार, पुस २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



