

-
काठमाडौं : साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मामा रहेको ‘द क्लिफ’ मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ ।
दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्मले खेल्न सक्छन् । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटर हुनेछ ।
‘द क्लिफ’ ले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्वीङ, स्काई साइकलिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले बताए ।
‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ’, कार्कीले भने, ‘एक वर्षअघि निर्माण शुरू गरिएको मेगाट्रोल झन्डै दुई हप्तामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ ।’
‘कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुशी लागेको छ’, उनले भने, ‘यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।’
News Desk 0 response बिहिबार, पुस २५, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१