

-
काठमाडौं : सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्न आठ मिटरभन्दा कम मात्रै बाँकी रहेको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले आज सूचना निकालेर अब मुख्य सुरुङ छिचोल्न सात मिटर ८० सेन्टिमिटर मात्रै बाँकी रहेको जानकारी गराएको हो ।
एक हजार ८९ मिटर लामो मुख्य सुरुङको उत्तरतर्फबाट चार सय ७७ मिटर २० सेन्टिमिटर र दक्षिणतर्फबाट ६ सय चार मिटर खन्ने काम सम्पन्न भएको सूचनामा उल्लेख छ । आपत्कालीन द्वारका रूपमा तीन वटा ुक्रस प्यासेजु निर्माण गरिएको छ । तीन वटै क्रस प्यासेजको छिचोल्ने काम भइसकेको छ । मुख्य सुरुङ पनि चाँडै छिचोल्ने तयारी रहेको आयोजनाले जनाएको छ ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । सिद्धार्थ राजमार्गअन्तर्गत यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ निर्माण सुरू भएको हो । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।
२०७८ सालको फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्मको समग्र प्रगति ३८ दशमलव ८५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
News Desk 0 response बुधबार, पुस २४, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


