• काठमाडौं : एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।

    एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा पुलिसले बाग्मती युथलाई २–० गोलले हरायो । यो जीतसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बाग्मती ३ खेलमा अङ्कविहीन हुँदै चौथो स्थानमा छ ।

    अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

    दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणमा पुलिस, बाग्मती युथसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र स्याङ्जाको वालिङ नगरपालिका पुगेका छन् ।