

-
भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूले निगरानीमा राखेका खबरमा उल्लेख छ ।
एचएमपीभी सङ्क्रमणलाई लिएर अहिलेसम्म चिन्ता गर्नुपर्ने अवस्था नरहेको तथा केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि राज्यहरूलाई कुनै विशेष निर्देशन नदिएको कर्नाटकको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुंडूले भारतमा पहिलेदेखि नै एचएमपीभी सङ्क्रमण रहेको र बालबालिका यो भाइरसबाट सङ्क्रमित भइरहेका बताउनुभयो ।
अहिले चीनमा एचएमपीभी भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोना भाइरसको जस्तै लक्षण रहेको यो सङ्क्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।
सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरहरूको भनाइ छ ।
News Desk 0 response सोमवार, पुस २२, २०८१

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



