

-
भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूले निगरानीमा राखेका खबरमा उल्लेख छ ।
एचएमपीभी सङ्क्रमणलाई लिएर अहिलेसम्म चिन्ता गर्नुपर्ने अवस्था नरहेको तथा केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि राज्यहरूलाई कुनै विशेष निर्देशन नदिएको कर्नाटकको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुंडूले भारतमा पहिलेदेखि नै एचएमपीभी सङ्क्रमण रहेको र बालबालिका यो भाइरसबाट सङ्क्रमित भइरहेका बताउनुभयो ।
अहिले चीनमा एचएमपीभी भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोना भाइरसको जस्तै लक्षण रहेको यो सङ्क्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।
सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरहरूको भनाइ छ ।
News Desk 0 response सोमवार, पुस २२, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१