

-
अमेरिकाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि नै इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने भएको छ । यी हतियार ढुवानीका लागि सरकारले संसद् अर्थात् कांग्रेसलाई जानकारी गराएको बीबीसीले जनाएको छ ।
हतियारको ढुवानीका लागि सदन र सिनेट समितिको स्वीकृति आवश्यक पर्छ । राष्ट्रपति जो बाइडेनले पद छोड्नुभन्दा दुई हप्ताअघि यो निर्णय लिइएको र ट्रम्पले सत्ता सम्हाल्नुअघि नै हतियार इजरायल पुर्याइसक्ने योजना रहेको खबरमा उल्लेख छ ।
इजरायलले गाजामा निशस्त्र मानिसको हत्या गरेर मानव अधिकारको हनन र युद्ध अपराध गरिरहेको भन्दै इजरायलमा हतियार नपठाउन संसारका धेरै देशले आग्रह गरेका छन् । तर अमेरिकाले भने यस्ता आग्रहको बेवास्ता गर्दै इजरायललाई हतियार पठाइरहेको छ ।
गएको वर्षको अगस्टमा अमेरिकाले इजरायललाई २० अर्ब डलर बराबरको युद्ध विमान र अन्य सैन्य उपकरण बिक्री गर्न स्वीकृति दिएको थियो । अब पठाउन लागेका हतियारमा एअर–टु–एअर मिसाइल, हेलफायर मिसाइल, तोपका गोला र बमहरू समावेश छन् ।
इजरायललाई अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनअन्तर्गत आफ्ना नागरिकको रक्षा गर्ने अधिकार भएकाले हतियार पठाउन लागिएको अमेरिकी जिकिर छ । इरान र यसका गठबन्धनहरूको आक्रमणको जवाफ दिन इजरायललाई हतियार बिक्री गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
इजरालले आफूलाई चाहिने हतियारमध्ये ६९ प्रतिशत हतियार अमेरिकाबाट किन्दै आएको छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजारायलमा आक्रमण गरेयता इजरायलले गरिरहेको आक्रमणमा झन्डै ४६ हजार जना नागरिकको ज्यान गइसकेको छ । गाजा लगभग ध्वस्त भइसकेको छ ।
News Desk 0 response आइतवार, पुस २१, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


