

-
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
त्यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।
News Desk 0 response आइतवार, पुस २१, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



