काठमाडौं : लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले प्रशासन समूहको शाखा अधिकृत परीक्षा नलिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा आदेश दिएको हो ।
न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएको छ ।
प्रेमराज निरौलासहितले रिक्त भएका सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएको र सो कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अग्राधिकार समेत प्रदान गरेको छ ।
लोकसेवा आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो ।
लोकसेवा आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो ।