• काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।

    प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।

    करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको भण्डारीको निजी सचिवालयले जनाएको छ ।

    यसअघि ओली र भण्डारीबिचको सम्बन्ध बिग्रिएको र बोलचाल नै बन्द भएको जस्ता समाचार सार्वजनिक भएपछि ओली भण्डारी भेट्न उनको निवास पुगेका हुन् ।

    पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्वराष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका ओलीले पछिल्लो समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ ।