

-
काठमाडौं : न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष अदालतमा लामो समयदेखि रहेका न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गरेको छ। थारुलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरिएको छ। उनको स्थानमा विदुर कोइरालालाई तोक्न परिषद्ले सिफारिस गरेको हो । परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ ।
थारु विशेष अदालतमा मुख्य न्यायाधीश श्रीकान्त पौडेलको टिम हुँदादेखि कायम थिए । परिषद्ले यसपटक उनलाई सरुवा गरेर कोइरालालाई ल्याएको हो । विशेषमा अहिले टेकनारायण कुँवरको नेतृत्वमा रहेको छ। विशेषमा कुँवरसहित पाँच जनाको टोली रहेको छ।
विशेषमा तेजनारायणसिंह राई, रामबहादुर थापा ,मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्य रहेका छन् । विशेषमा कम्तीमा दुई वटा इजलास गठन हुनेगरी ६ जना न्यायाधीशको दरबन्दी रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गर्ने भ्रष्टाचार मुद्दाहरू विशेषले सुनुवाइ गर्ने गर्दछ । विशेषले पछिल्लो समय निकै प्रशंसायोग्य काम गरिरहेको भनी प्रधानन्यायाधीशले नै तारिफ गर्दै आएका छन् । विशेषले पुराना मुद्दाहरू सकेको छ भने कम्तीमा ६ महिना पुराना मुद्दा मात्र बाँकी राखेको छ।
News Desk 0 response शुक्रबार, पुस १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



