

-
काठमाडौं : एमपक्स पुष्टि भएका बिरामी खतरामुक्त भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पुस ५ गते एमपक्स पुष्टि भएका उनको उपचार भइरहेको हो ।
उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न छाला तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झाले बताए । ‘गत शुक्रबार मात्रै पत्ता लगायौँ । उहाँ भर्ना भइ उपचाररत हुनुहुन्छ । उहाँको अवस्था सामान्य नै छ,’ उनले भने, ‘उहाँ भर्ना हुन आउँदा धेरै घाउ थियो । शरीरको ५० भन्दा बढी भागमा घाउ देखिएको थियो । हातमा, पैतलामा, टाउकोमा, गुप्तअंगहरुमा घाउ देखिएको थियो । विस्तारै सुधार हुने क्रममा छ ।’
डा. झाका अनुसार एमपक्स भनेर उपचार नभएपनि यसमा ‘सर्पोटिभ कियर’ गर्न सकिने बताए । ‘यसमा स्याहार सुसारको कुरा आउँछ । त्यसमा जोड दिएका छौँ,’ उनले भने, ‘खानपिन, छाला स्याहारमा जोड दिएका छौँ ।’
एमपक्स लागेको निको हुन मोटामोटी समय २१ दिनसम्म लाग्छ । तर बिरामीको अवस्था अनुसार कति समय लाग्छ भन्ने यकिन भन्न नसकिने उनले रातोपाटीलाई बताए । ‘घाउमा भएको पप्रा निस्काने भएसी मात्रै डिस्चर्ज गरिन्छ,’ उनी भन्छन्, ‘उहाँलाई कतिसम्म समय लाग्छ यो हेर्नैपर्छ ।’
ती पुरुष विगत १० देखि ११ वर्ष साउदी अरब बस्दै आएका थिए । उनलाई एमपक्सको शंका लागेपछि नेपालमा उपचारका लागि आएको डा। झाको भनाई छ ।
उनी व्यक्ति नेपाली नागरिकमा पहिलो पटक एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउदी अरबबाट बिहीबार नेपाल फर्केका एक पुरुषलाई गत शुक्रबार (पुस ५ गते) एमपक्स पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् । गत १ असारमा एकजना विदेशी महिलालाई एमपक्स पुष्टि भएपनि नेपालीमा भएको यो पहिलोपटक हो ।
News Desk 0 response बुधबार, पुस १०, २०८१

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



