-
नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको बीबीसीले जनाएको छ ।
सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।
वैज्ञानिकहरूका अनुसार सूर्यको निकटताका कारण अब केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । तापक्रमबाट बच्न सुरक्षा कबजसहित गएको अन्तरिक्ष यानबाट सूर्यको छेउमा भएको अवस्थाबारे जानकारी आउन पर्सि शुक्रवारसम्म प्रतीक्षा गर्नुपर्ने खबरमा उल्लेख छ ।
यो नासाको अहिलेसम्मकै महत्त्वपूर्ण र उपलव्धिमूलक लक्ष्य भएको र यसले ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको काम गरेको वैज्ञानिकहरुको भनाइ छ ।
पार्कर अन्तरिक्षयान चार लाख ३० हजार माइल प्रतिघन्टा अर्थात छ लाख ९० हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट जापानको टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।
News Desk 0 response बुधबार, पुस १०, २०८१

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३