• काठमाडौं : सरकारले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गरेको छ ।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले बताए ।

    केही दिनअघि बढुवा समितिले उनीहरू दुवैको बढुवाका लागि सिफारिस गरेको थियो ।