

-
काठमाडौं : सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो ।
कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउनेछन् । अहिले योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचारमा कोषबाट ८० प्रतिशत पाउँदै आएका छन् ।
देशभरी कोषमा आबद्ध अस्पतालको सङ्ख्या ९० वटा पुगेको छ । अहिले औपचारिक योगदानकर्ताका श्रीमान र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भएको छ ।
कोषमा सूचीकृत वैदेशिक रोजगारीमा रहेका श्रमिकका दम्पती तथा १८ वर्ष मुनिका छोराछोरीलेसमेत स्वास्थ्य उपचार सेवा पाउने कोषले जनाएको छ ।
नयाँ व्यवस्था अबको तीन महिनापछि कार्यान्वयनमा ल्याउने कोषको तयारी छ । कोष कार्यान्वयनमा आएको ६ वर्ष पूरा हुँदा १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार अहिलेसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार र वैदेशिक रोजगारमा रहेका १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् ।
वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने बेला कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसकै कारण कोषमा आन्तरिक श्रम बजारमा काम गर्नेभन्दा वैदेशिक रोजगारीमा जाने श्रमिकको आबद्धता बढेको हो ।
कोषको दायरा विस्तारका लागि काठमाण्डौसहित विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना भएको छ । यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना हुने कोषले जनाएको छ ।
News Desk 0 response बुधबार, पुस ३, २०८१

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



