

-
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा लोडशेडिङ सुरू गरेको छ । ‘पिक’ समय अर्थात् बेलुका ५ बजेदेखि राति ९ बजेसम्म बिजुली अभाव रहेको भन्दै प्राधिकरणले ठूला उद्योगहरूमा विद्युत्क टौती गर्न थालेको हो ।
धेरै बिजुली खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतले बिजुली नदिएकोले कटौती गर्न बाध्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले भने, ‘हिउँदमा भारतबाट दिउँसो र रातिको समयमा बिजुली आयात गर्ने सहमति भएको छ । तर ‘पिक टाइम’ अर्थात् बेलुका ५ बजेदेखि ९ बजेसम्म बिजुली आयात गर्ने सहमति भएको छैन । त्यस कारण केही उद्योगहरूमा बिजुली कटौती गर्नुपरेको हो ।’
कार्यकारी निर्देशक घिसिङका अनुसार ४ सय ५६ मेगावट क्षमता रहेको माथिल्लो तामाकोशीमा गएको असोजमा आएको बाढीले क्षति पुर्याउँदा बिजुली आपूर्तिमा समस्या भइरहेको हो । माथिल्लो तामाकोशीबाट पूर्ण क्षमतामा बिजुली प्रवाह भएपछि अहिलेको लोडशेडिङको समस्या समाधान हुने उहाँको दाबी छ । तर माथिल्लो तामाकोशी पूर्णरूपमा सञ्चालनमा आउन अझै ५’६ महिना लाग्ने उनले बताए । ठूला उद्योगहरूमा बिजुली कटौती भए पनि अन्य ग्राहकहरूले लोडशेडिङको समस्या भोग्न नपर्ने उनले बताए ।
घिसिङका अनुसार अहिले पिक समयमा नेपालमा १९ सय मेगावाट बिजुली माग रहेकोमा नेपालको उत्पादन १६ सय मेगावाट मात्रै रहेको छ ।
नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खायाममा उत्पादन घट्ने गरेको छ । अहिले नेपालको जलविद्युत् जडान क्षमता झन्डै तीन हजार चार सय तीन मेगावाट पुगेको छ । तर नदीमा पानी घटेसँगै फागुन, चैतमा एक हजार मेगावाटसम्म झर्न सक्ने प्राधिकरणले जनाएको छ ।
News Desk 0 response बुधबार, पुस ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३ -
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३
-
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३ -
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



