

-
काठमाडौं : वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भएको संघका सीईओ अनिल शर्माले जानकारी दिए ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।
संघमा तीनजना सदस्यको पद खाली रहेकोमा त्यसमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेयको उम्मेदवारी परेको शर्माले जानकारी दिए । उनीहरू पनि सर्वसम्मत रूपमा सदस्य चयन भएका छन् । खालिङ अहिले पनि सदस्य रहेकोमा दोहोरिने भएका हुन् ।
संघको नयाँ कार्यसमिति चयनबारे औपचारिक घोषणा हुन भने बाँकी छ । बुधबार बस्ने संघको साधारणसभाले नयाँ कार्यसमिति चयन भएको औपचारिक घोषणा हुनेछ ।
News Desk 0 response सोमवार, पुस १, २०८१

सम्बन्धित शीर्षकहरु
-
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३ -
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३
-
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३ -
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



