-
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्द विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले बताए । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो ।
विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।
अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीसम्म पुगेको थियो । यसरी धम्की दिनेले प्रसाईंलाई सहयोग गर्न भन्न गरेका थिए ।
सीआईबीले भारतको आसामबाट धम्की दिने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि यसमा प्रसाईं पनि जोडिएका थिए । फुयाँलले प्रसाईको निर्देशनमा आफूले त्यसरी फोन गरेको बताएपछि प्रसाईंविरुद्ध अहिले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको थियो ।
News Desk 0 response बुधबार, मंसिर २६, २०८१
सम्बन्धित शीर्षकहरु
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु
सोमवार, माघ ७, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१