

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गरेका हुन् ।
आलोचना बढ्दै गएपछि भ्यू टावरलाई अहिले व्यवसायिक कम्प्लेक्स भनेर नामाकरण गरिएको छ । भ्यू टावरको लगानी एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँभन्दा धेरै रहेको छ । यो टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन ।
भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । १८ तले भवन उपयोगविहीन छ, यो भवनलाई के प्रयोजनमा लगाउने भन्ने पनि अझै टुङ्गो लाग्न सकेको छैन । भ्यू टावरसम्म जाने सडकको हालत खराब रहेको छ । भ्यू टावर वरपर सुकुम्बासी बस्ती रहेको छ ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको यो टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको रहेको निर्माताको दाबी छ । भ्यू टावरको भुइँतलामा ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे गाडी अट्ने पार्किङ रहेको छ ।
गएको असारमा प्रधानमन्त्री नियुक्त भएपछि ओली पहिलोपटक गृहजिल्ला पुगेका हुन् । नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन झापामा भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए ।
News Desk 0 response आइतवार, मंसिर २३, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


