• काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गरेका छन् । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उनले १४ बुँदे प्रेस नोट जारी गरेका हुन् ।

    चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा मंसिर १७ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणको बारेमा जानकारी गराएका छन् ।

    चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरूमा छलफल गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । यस्तै उनले आफूले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबिच पनि द्विपक्षीय वार्ता भएको उल्लेख गरेका छन् । उक्त वार्ताका क्रममा नेपाल र चीनबिचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भएको प्रधानमन्त्री ओलीले जनाएका छन् ।

    सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट जनवादी गणतन्त्र चीनको ‌औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कँदा जारी गरिएको