-
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पालिका उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसले अब आउँदो चुनावमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै चुनावमा जाने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष रहेको उनको भनाइ छ । यसअघि माओवादीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रूपमा लिएको छ ।
अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाण्डौको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई नागरिकमा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिइएको प्रवक्ता सापकोटाले बताए ।
नागरिकसँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रूपमा लिँदै माओवादीले आफ्नो वर्गप्रति फर्कने अभियान शुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
News Desk 0 response बिहिबार, मंसिर २०, २०८१
सम्बन्धित शीर्षकहरु
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु
सोमवार, माघ ७, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१