

-
दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ । मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण मृत्यु हुनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका अरु तीन सयभन्दा बढी सङ्क्रमित रहेका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली पठाएको मन्त्रालयको भनाइ छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र महामारीजन्य रोग फैलिएकाले अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । पान्जी ग्रामीण स्वास्थ्य क्षेत्र भएकाले औषधिको आपूर्तिमा पनि समस्या छ ।
विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) अफ्रिका क्षेत्रका एक अधिकारीले प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएका छन् ।
डब्ल्यूएचओले नागरिकहरुलाई नआत्तिन तथा सचेत र सतर्क रहन आग्रह गरेको छ । यसअघिदेखि नै मध्य अफ्रिकी देशले एमपक्स र कङ्गोले इबोला लगायतका गम्भीर प्रकोपको सामना गरिरहेका छन् ।
News Desk 0 response बिहिबार, मंसिर २०, २०८१

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



