

-
काठमाडौं : पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
अयोगका अनुसार आज भएको मतदानमा ६२ प्रतिशतभन्दा धेरै मत खसेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती र सुत्केरीलगायतका मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । उपचुनावका लागि दुई लाख २६ हजार सात सय ९९ जना मतदाता थिए ।
नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी कुल ४१ पदका लागि आज मतदान भएको हो । यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्। एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ।
News Desk 0 response आइतवार, मंसिर १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



