

-
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।
अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन अस्ति बुधवार निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम एयरलाइन्सले हिजो मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।
मन्त्रालयका अनुसार विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।
यसैबीच अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



