• काठमाडौं : दैलेखबाट सुर्खेततर्फ गुडिरहेको मिनिबस वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    मृतकहरूको अहिलेसम्म पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको मिनिबस दुर्घटनामा परेको हो । घाइते २५ जनालाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको प्रहरीले जनाएको छ ।

    २९ जना चढेको मिनिबस भीरबाट तल खसेको छ ।