

-
रुकुमपश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
शनिबार बिहान जाजरकोटको सदरमुकाम खलङगामा पुगेर रुकुमपश्चिम आइपुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाएका हुन् । चौरजहारी अस्पताल, सानीभेरी गाउँपालिका अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा पुगेर उनले घाइतेको अवस्थाबारे जानकारी लिएका हुन्।
घाइतेहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले केही गुनासा र मागहरु भएमा आफू समक्ष राख्न अनुरोध गरे। त्यसक्रममा उनले मनोवल उच्च बनाउन आग्रह गर्दै सरकारले उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीले घाइतेको उद्धार तथा राहतको व्यवस्थाबारेमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय सरकारसँग जानकारी लिएका छनु । प्रधानमन्त्री प्रचण्डसमक्ष रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तत्काल उद्धार र राहतका काममा सहयोग जुटाउन अनुरोध गरे ।
News Desk 0 response शनिबार, कार्तिक १८, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


