• काठमाडौं : गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दिएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उनले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

    गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि  धनजनको ठूलो क्षति भएको छ ।