• काठमाडौं : गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरूवा तथा पदस्थापन गरेको छ। 

    बिहीबार मन्त्रालयले ४० जना अधिकारीहरूको सरूवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो। 

    मापदण्डअनुसार अवधि पुगेका र सरूवा मागेकामध्ये मातहतका अधिकारीहरूको सरूवा भएको हो। 

    प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको हो।