• तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ६ स्थित झाँगाझोलीमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा आएसँगै सो क्षेत्रमा आन्तरिक र बाह्रय पर्यटकको भीड लाग्ने गरेको छ । पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा रहेको झाँगाझोलीमा रिसोर्ट निर्माण गरिएसँगै झाँगाझोलीमा पर्यटकको थप आकर्षण बढ्दै गएको हो । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा पर्यटकमैत्री सेवा सुविधा साथै प्राकृतिक मनोरमयुक्त दृश्यावलोक गर्न सकिने भएकाले रिसोर्टमा आन्तरिक र बाह्रय पर्यटकको भीड लाग्ने गरेको हो ।

    अहिले यहाँ दैनिक तीन सयदेखि चार सय जनासम्म आन्तरिक पर्यटक भ्रमणमा आउने गर्दछन् । रिसोर्ट निर्माणले पर्यटकलाई थप आकर्षण गरेको छ । तनहुँका झाँगाझोलीमा आउने पर्यटकलाई खान र बस्नका लागि झाँगाझोलीभिलेज रिसोर्ट प्रा.लि. ले केही आवासिय कोठासहितको व्यवस्था गरेको छ । एकै साथ आउने बढीमा ३० जनासम्म पर्यटकलाई बस्ने व्यवस्था मिलाउन सकिने प्रा.लि. ले जनाएको छ । प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले योगदान गर्न सके यस क्षेत्रमा पर्यटकको झनै आकर्षण बढ्ने सरोकारवाला बताउँछन्।

    झाँगाझोली हुँदै बग्ने कुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको, ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको बताइएकोे छ । पछिल्लो समय झाँगाझोलीमा मानिसहरुको आवागमनले यस क्षेत्रमा चहलपहल बढ्दै जाँदा पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको छ । यहाँ अन्य साहसिक खेलहरुका लागिसमेत झाँगाझोली उपयुक्त मानिएको छ ।

    चारैतिर पहाडले घेरिएको घनाजंगल फेदीमा कुम्ले खोला र खेतीयोग्य जमिन भीरपाखाको मात्र परिचय बोकेको झाँगाझोलीले अहिले नयाँ जीवन पाएको छ । पहिला उजाड पाखा र पखेरुमा अहिले आन्तरिक र बाह्रय पर्यटकको घुइँचालो लाग्ने गरेको छ । तनहुँको शुक्लागण्डकी, भिमाद, म्याग्दे रिसिङ, घिरिङ, व्यास नगरपालिका मात्र नभइ कास्की लमजुङ र स्याङ्जा र गोरखासम्मका स्थानीयहरु झाँगाझोलीमा तीव्र रुपमा बढ्दै गएको पर्यटकीय विकास हेर्न दैनिक सयौंको संख्यामा आउने गरेका छन् ।, “गुमनाम झाँगाझोली अहिले सुन्दर झाँगाझोलीमा परिणत भएको छ ।

    सिन्धुली र तनहुँकोे झाँगाझोलीलाई एकैसाथ पर्यटकीय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ तनहुँ झाँगाँझोलीलाई मूल कार्य क्षेत्र बनाएर झाँगाझोली एग्रो टुरिजम प्रा।लिले गुमनाम तनहुँ झागाझोलीलाई सुन्दर झाँगाझोलीमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

    झाँगाझोलीका सञ्चालक शङ्करप्रसाद अधिकारीले घना जङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने संभावनका बारेमा जानकारी दिए । खोलाको वरपर रहेको घना जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ ।

    सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा पनि झाँगाझोली रहेको छ । झाँगाझोली रातमाटा पुरानो झाँगाझोली गा.वि.स.समेटेर अहिले सुनकोशी गाउँपालिका बनेको हो । सिन्धुली झाँगाझोलीले ऐतिहासिक महत्व बोकेको छ । पूर्वप्रधानमन्त्रीहरु बीपी कोइराला, मातृका प्रसाद कोइराला र गिरिजा प्रसाद कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाको जन्म झाँगाझोलीको दुम्जामा भएको हो । अहिले दुम्जा सुनकोशी गाउँपालिका भित्र पर्दछ । दुम्जालाई कोइरालाहरुको पुर्खेउली थलो मानिन्छ । बीपी कोइरालाकै नामबाट जापान सरकारले निर्माण गरेको धुलिखेल देखि बर्दिबास सम्म सडकलाई बीपी राजमार्ग नामकरण गरिएको छ । उक्त मार्ग आकर्षक सडकमार्गको रुपमा चिनिन्छ । त्यस्तै सिन्धुली झाँगाझोली क्षेत्रमा दुम्जा कुशेश्वर महादेव, राम मन्दिर, गणेशथान मन्दिर, वालाकेशर मन्दिर, मुकुटेश्वरी, सिद्धाथान, सहसधारा, लप्सेखोला जस्ता धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेका सम्पदाहरु रहेका छन् । ती लगायत अन्य सम्पदाहरुले सिन्धुली झाँगाझोलीलाई राष्ट्रिय रुपमा परिचित गराएको छ ।

    सिन्धुली र तनहुँ झाँगाझोलीको एकैसाथ पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका साथ तनहुँ झाँगाझोलीलाई मुल कार्यक्षेत्र बनाएर झाँगाझोली एग्रो टुरिजम प्रा.लि. ले गुमनाम तनहुँ झाँगाझोलीलाई सुन्दर झाँगाझोली बनाउन विशेष पहल गरेको छ । तनहुँ झाँगाझोलीमा सिन्धुली झाँगाझोलीका ऐतिहासिक, धार्मिक सम्पदाहरुको प्रवद्र्धन समेत हुने गरी सांकेतिक रुपमा ती सम्पदाहरुको निर्माण गर्न थालिएको छ । सिन्धुली झाँगाझोलीमा रहेका कुशेश्वर महादेव, राम मन्दिर, गणेश मन्दिर, सहस्रधारा, लप्से खोला, सिद्धस्थान लगायतका मठमन्दिर निर्माणलाई तिव्रता दिइएको छ । तनहुँ झाँगाझोलीको मुल आकर्षण गौरादेवी नेचुरल हर्बल पार्क हो । विशेष डिजाइनबाट बनाइएको यस पार्कमा रुद्रघण्ट, सिद्धबाबा मन्दिर, बाघ, गैंडा, हात्ती, चराचुरुङ्गीका मुर्तीहरु राखिएका छन् । गौरादेवी नेचुरल हर्बल पार्कमा विभिन्न जातका जडीबुटी, फलफुल, फुलहरु रोपिएका छन् ।

    शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुलाई भरपुर मनोरञ्जन दिन सकिने गरी निर्माण गरिएको पार्कमा बच्चाहरुका लागि छुट्टै पार्क बनाइएको छ । युवाहरुका लागि आनन्द दिने सामाग्रीहरु राखिएका छन् । यस क्षेत्रका आन्तरिक पर्यटकहरुले मनग्य मनोरञ्जन लिईरहेका छन् । सिन्धुली र तनहुँको पर्यटन प्रवद्र्धनका लागि सुचना कक्ष निर्माण देखि पर्यटन प्रवद्र्धन सम्बन्धी प्रकाशनहरु सुरुवात गरिएको छ ।

    तनहुँ झाँगाझोलीमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर झाँगाझोली भिलेज रिसोर्ट प्रा।लि।ले सुविधा सम्पन्न कोठा मार्फत सेवा दिन थालेको छ । ३० जना सम्मका आगन्तुकलाई सेवा दिन सकिने गरी सुरु भएको रिसोर्टले छिट्टै नै ५० जनाभन्दा बढी पर्यटकलाई एकैपटक आवासीय सुविधा दिन सकिने गरी विस्तार हुन लागेको प्रा.लि. ले जनाएको छ । झाँगाझोली तनहुँ एउटा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भईसकेको छ । एकपटक अवलोकन गर्नुपर्ने पर्यटकीय क्षेत्रका रुपमा झाँगाझोली तनहुँलाई लिइएको छ ।