संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेर शान्तिको पक्षमा वकालत गरेका छन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गरेका थिए । मन्त्री किराँतीले महासचिवलाई वुद्धको प्रतिमा उपहार दिएका थिए ।
लुम्बिनीमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले सम्बोधन पनि गरे ।
उपाध्यक्ष लामाले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए । भखैरै उपाध्यक्ष बनेर आएका लामा आफ्नो कार्यकालमा महासचिवको लुम्विनीमा भ्रमण हुनु ठूलो उपलब्धि भएको बताउँछन् । यहाँबाट बिश्व शान्तिको सन्देश संसारभर जाने लामाको बिश्वास छ ।
लुम्बिनी विकास कोषका अधिकारीहरुले महासचिव गुटेरसलाई लुम्बिनीका विभिन्न स्थलको अवलोकन गराएका थिए ।