

-
काठमाडौँ, ३० असोज : काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिए । उहाँका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ ।
जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ छैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ ।
यस्तै सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।
लङ्गुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्नेतर्फ सचेत बनौँ बन्न, मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।
News Desk 0 response मङ्लबार, अशोज ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
एमालेको टिकट वितरणमा ओलीको कठोरता, योगेशले लेखे..
आइतवार, माघ ५, २०८२ -
एमालेले आगामी चुनावको लागि उम्मेदवार टुङ्ग्यायो (सूचीसहित)
आइतवार, माघ ५, २०८२ -
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि
आइतवार, माघ ५, २०८२ -
राष्ट्रियसभाको अधिवेशन आजदेखि
आइतवार, माघ ५, २०८२ -
चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै
आइतवार, माघ ५, २०८२
-
एमालेको टिकट वितरणमा ओलीको कठोरता, योगेशले लेखे..
आइतवार, माघ ५, २०८२ -
एमालेले आगामी चुनावको लागि उम्मेदवार टुङ्ग्यायो (सूचीसहित)
आइतवार, माघ ५, २०८२ -
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि
आइतवार, माघ ५, २०८२ -
राष्ट्रियसभाको अधिवेशन आजदेखि
आइतवार, माघ ५, २०८२ -
चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



