

-
काठमाडौं : भारतले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५३८ वटा गाडी सहयोग गर्ने भएको छ।
निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको हो। २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो।
आयोग स्रोतले भन्यो – भारतीय पक्षले यसै सातादेखि गाडी पठाउन थाल्ने जानकारी दिएको छ।
‘माघको दोस्रो साता (जनवरी अन्तिम) भित्र सबै गाडी आइसक्ने जानकारी प्राप्त भएको छ’, आयोग स्रोतले भन्यो, ‘निर्वाचनको सुरक्षाका लागि पनि गाडी आउनु महत्वपूर्ण छ।’
भारतले दिनेमध्ये सय वटा गाडी विशेष प्रकारका हुने बताइएको छ।
नेपालको निर्वाचनका लागि युरोपेली मुलुकहरूले भने संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने जानकारी दिएका छन्।
जापानले सिधै आर्थिक सहायता गर्ने भएको छ। चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहयताको शीर्षक परिवर्तन गरेर चुनावमा सहयोग गर्न लागेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ।
निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर चीनका तर्फबाट कुनै पनि जबाफ प्राप्त नभएको स्रोतले जनाएको छ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड बजेट स्वीकृत गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड छुट्याएको छ।
News Desk 0 response मङ्लबार, पुस २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



