

-
संयुक्त राज्य अमेरिकामा केन्द्रिय बैंकका गभर्नर (फिडरेल रिजर्भका अध्यक्ष) जेरोम पावेल र राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको विवाद उत्कर्षमा पुगेको छ । विवादकै क्रममा आफूलाई पक्राउ गर्ने तयारी गरिएको पावेलले दावी गरेका छन् ।
गत वर्ष आफू राष्ट्रपति निर्वाचित भएदेखि ट्रम्पले पावेललाई राजीनामा दिन दबाब दिँदै आएका छन् । तर, उनले न ब्याजदर कटौती गर्न ट्रम्पले दिएको आदेशको कार्यान्वयन गरेका छन्, न त राजीनामा नै दिएका छन् । हटाउने अनेक प्रयासहरु गर्दा पनि सफल नभएपछि अहिले ट्रम्पले अमेरिकी न्याय विभागलाई फेडका अध्यक्ष जेरोम पावेलमाथि आपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन् ।
पावेलले न्याय विभागले आपराधिक अभियोग लगाउने भन्दै पटक पटक आफूलाई धम्की दिएको बताएका छन् । ‘म हाम्रो लोकतन्त्रमा विधिको शासन र जवाफदेहीताप्रति गहिरो सम्मान गर्दछु। कोही पनि होइन, निश्चित रूपमा फेडरल रिजर्भको अध्यक्ष कानूनभन्दा माथि छैन, तर यो अभूतपूर्व कार्यलाई प्रशासनको धम्की र निरन्तर दबाबको व्यापक सन्दर्भमा हेर्नु पर्छ,’ उनले भनेका छन् ।
ट्रम्पले यसअघि अमेरिकी केन्द्रीय बैंकका संचालक तथा पावेलका निकट सहयोगी लिसा कुकलाई निशाना बनाएका थिए । उनले कथित धितो छलीको आरोपमा लिसालाई बर्खास्त गर्ने प्रयास गरेका थिए । यो मुद्दालाई अमेरिकी संघीय अदालतले रोक लगाएको थियो र सर्वोच्च अदालतले यसै महिनाको अन्त्यमा सुनुवाई गर्ने भएको छ ।
ट्रम्पको न्याय विभागले सन् २०२४ मा ट्रम्पविरुद्ध नागरिक धोखाधडीको मुद्दा ल्याउने न्यूयोर्क महान्यायाधिवक्ता लेटिटिया जेम्स जेम्स र पूर्व फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका प्रमुख जेम्स कोमी जस्ता राजनीतिक प्रतिद्वन्द्वीहरूविरुद्ध ल्याएको आपराधिक आरोपहरू पनि अदालतले खारेज गरेको छ । कोमीमाथि झुटो बयान दिएको र न्यायमा अवरोध पुर्याएको आरोप लागेको थियो । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको छानबिनको नेतृत्व गरेपछि उनलाई पहिलो कार्यकालमा ट्रम्पले बर्खास्त गरेका थिए। कोमी र जेम्स दुवैले आफ्नो निर्दोषता कायम राख्दै अभियोजन राजनीतिक रूपमा आरोपित भएको बताएका छन्।
News Desk 0 response सोमवार, पुस २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३



