

-
काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ ।
नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताएकी छन् । प्रतियोगिता शुरु हुनुभन्दा एकदिन अघि हिजो प्रि–म्याच कन्फेरेन्समा उनले १८ वर्षपछि मौका पाएकाको र अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पाएकाले मनोबल बढेको बताइन् । यो नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता भएकाले आउने पुस्तालाई पनि अघि बढ्न सहज हुने उनको भनाइ छ ।
यस्तै आजै अरू २ खेल पनि हुँदैछन् । दुवै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आयरल्यान्ड र पपुवा न्यू गिनीको खेल बिहान ९ बजे शुरु हुनेछ भने बङ्गलादेश र अमेरिकाको खेल दिउँसो १ बजे शुरु हुनेछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् ।
समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् । तालिकाअनुसार नेपालले दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।
१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
News Desk 0 response आइतवार, माघ ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



