

-
७ असोज, काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ ।
यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको छ । तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।
रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले शुक्रबार आक्रमण गरेको थियो । सेवास्तोपोललाई रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिन्छ ।
आक्रमणमा स्टोर्म श्याडो मिसाइलको आक्रमण गरिएको थियो । यो मिसाइल युक्रेनलाई फ्रान्स र बेलायतले उपलब्ध गराएका थिए ।
युक्रेनको सेनाले संक्षिप्त सूचना जारी गर्दै भनेको छ, ‘यो हमलाबाट दर्जनौं मारिएका छन् र घाइते भएका छन् । यो अड्डामा जहाज व्यवस्थापनका शीर्ष व्यक्तिहरु थिए ।’ तर रुसले भने युक्रेनको आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।
बीबीसीले भने युक्रेन र रुस दुवैको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ । रुस र युक्रेन दुबैले आक्रमण सम्बन्धमा अलग-अलग दाबी गर्दै आएका छन् ।
News Desk 0 response आइतवार, अशोज ७, २०८०


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०