

-
काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् ।
सरकारले संसदमा पेस गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गर्न संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र सङ्घीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासङ्घ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने पनि सहमति भएको छ ।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरूले अस्ति बुधवारदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका थिए । आन्दोलका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको थियो । महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि वार्तामा सहमति भएको र आन्दोलनका कार्यक्रम फिर्ता भएको बताए ।
News Desk 0 response शुक्रबार, अशोज ५, २०८०


सम्बन्धित शीर्षकहरु
-
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
बुधबार, मंसिर २०, २०८० -
अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे
बुधबार, मंसिर २०, २०८० -
नवलपरासीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर २०, २०८० -
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८०
-
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
बुधबार, मंसिर २०, २०८० -
अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे
बुधबार, मंसिर २०, २०८० -
नवलपरासीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर २०, २०८० -
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०