

-
काठमाडौँ, ३ असोज ः सुशील कोइराला मेमोरियल फाउन्डेसनले सबै वर्ग, समुदाय र क्षेत्रको भावनालाई प्रतिबिम्वित गर्ने वर्तमान संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिनेमा जोड दिएको छ ।
नेपालको संविधान, २०७२ निर्माण भएको नवौँ वर्ष प्रवेश एवं राष्ट्रिय दिवसका अवसरमा फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा संविधानसभाबाट प्राप्त ऐतिहासिक तथा विश्वकै लागि उदाहरणीय बनेको नेपालको संविधानको संरक्षणबाट नै सबै नेपालीको अधिकार र पहिचान स्थापित हुने उल्लेख छ ।
जननिर्वाचित प्रतिनिधिबाट आफ्नो संविधान बनाउने नेपाली जनताको सात दशक लामो अभिलाषा र सङ्घर्षको परिणामस्वरूप २०७२ असोज ३ गते संविधानसभाबाट वर्तमान संविधान प्राप्त भएको हो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएको थियो ।
कठिन परिस्थितिको सामना गरेर नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको र वर्तमान समावेशी संविधान नेपाली जनताको भावना समेट्ने उदार पृष्ठभूमिमा तयार भएकाले देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य नलिई काम गर्नुपर्नेमा फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा जोड दिइएको छ ।
संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्स फाउन्डेसनले व्यक्त गरेको छ । सबै मिलेर संविधानप्रति जनताको विश्वासलाई प्रगाढ बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभएको छ । संविधान कार्यान्वयनमा सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास पनि फाउन्डेसनले लिएको छ । शान्ति, स्थिरता, लोकतन्त्र र विकासलाई जोड दिएर अघि बढ्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
News Desk 0 response बुधबार, अशोज ३, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


