

-
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले जनाएको छ ।
एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको बताए ।
पाण्डेका अनुसार ललितपुर महानगर र भक्तपुरको एक स्थानीय तहबाट प्रतिनिधि छनोट हुन बाँकी नै छ । ‘यी तहमा बुधवार प्रतिनिधि छनोट भइसक्छन्’, पाण्डेको भनाइ छ ।
एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । यो जिल्लाबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यस्तै काठमाडौँपछि काभ्रेबाट १२५ र तेस्रोमा मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यसैगरी धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । यो संख्या जोड्दा एकहजार ११३ जना हुन आउँछ । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् । यो संख्या जोड्दा १२ सय ८ पुग्छ ।
८० प्रतिशत प्रतिनिधि सर्वसम्मत छनोट भएको पाण्डेले जानकारी दिए । त्यसैगरी यसबाहेक प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत हुनेछन् । यो समेत जोड्दा एमाले बागमती प्रदेशमा प्रतिनिधिको संख्या १२ सय ५० हाराहारी पुग्ने एमाले प्रदेश कमिटीका उपसचिव महेश वर्तौलाले जानकारी दिए ।
काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । प्रदेश कमिटीको अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा बागमतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वको लिने आकांक्षा देखाएका छन् । बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार संगठित सदस्य रहेका छन् । तीमध्येबाट साढे १२ सयको हाराहारी प्रतिनिधि छनोट भएका हुन् । एमालेले १२५ संगठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० संगठित सदस्य बराबर एकजना प्रतिनिधि छानिएका छन् ।
त्यस्तै २२ जनसंगठन रहेकामा एक जनसंगठन बराबर २ र तीन जना छनोट हुने व्यवस्था गरेको छ । त्यस्तै ११ वटा प्रत्येक विभागबाट एक जना प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ ।
News Desk 0 response सोमवार, अशोज १, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


