

-
काठमाडौँ, १ असोज : पूर्वयातायात व्यवस्थापन प्रालिले आज काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोशाक वितरण गरेको छ । सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई व्यवस्थित र सम्मानित बनाउन पोषक र परिचयपत्र वितरण गरिएको बताउनुभयो ।
“हामीहरु यातायात क्षेत्रका व्यवसायी र मजदुरको सुरक्षाका लागि लागेका छौँ, यातायात क्षेत्रलाई सम्मानित बनाउनका लागि चालक तथा सहचालकको बोलीमा परिवर्तन ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले अस्तव्यस्त रुपमा नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा स्थापित गर्न आफूहरु लागिपरेको बताउनुभयो ।
“यातायात व्यवसायी र यस क्षेत्रमा कार्यरत मजदुरको समन्वयमा नयाँ बसपार्कलाई व्यवस्थित बनाउन लागेका छौँ,” उहाँले भन्नुभयो । नयाँ बसपार्कभित्र कार्यरत विचौलियाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले यातायात क्षेत्रका व्यवसायीको लगानीको संरक्षण गर्दै नेपालको यातायात क्षेत्रलाई नमूना बनाउनका लागि पूर्वयातायात व्यवस्थापन प्रालिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि देशभरका सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई अनिवार्य रुपमा पोशाक र परिचयपत्रको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको यातायात क्षेत्रमा मध्यम तथा न्यून वर्गको रु १० खर्ब लगानी रहेको छ भने लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गर्दै आइरहेको छ ।
यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’ मार्फत सञ्चालन हुन थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका ३० भन्दा बढी कमपनीमार्फत छुट्टाछुट्टै रुपमा सञ्चालन हुँदै आएको बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेको पूर्वयातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले जानकारी दिनुभयो ।
कम्पनीमार्फत काठमाडौँबाट काँकडभिट्टा, चितवन, मकवानपुर, बारा, पर्सा, सर्लाही, सप्तरी, धनुषा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्दै आएको प्रालिका सञ्चालक सुनिल कुँवरले जानकारी दिनुभयो ।
हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगतमाता पाथीभरालगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् ।
उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौँबाट पूर्व क्षेत्रमा दैनिक पाँच सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौँको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।
News Desk 0 response सोमवार, अशोज १, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


