

-
कञ्चनपुर, १ असोज : कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिकरूपले प्राङगारिक मल उत्पादन गर्न थालिएको छ ।
उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन् । प्रतिट्राली मल रु चार हजारका दरले बिक्री हुन थालेको छ । हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ ।
“मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा खर्च हुन्छं” वडाअध्यक्ष धर्मबहादुर सिंहले भन्नुभयो, “बचेको रकम पुनः प्राङगारिक मल उत्पादन गर्दा खर्च हुने गरेको छ ।” दुई वर्ष अघिसम्म यस क्षेत्रका खेतमा लगाइएको बाली छाडा चौपायाले खाएर नोक्सानी पु¥याउने गर्दा स्थानीय किसानले हैरानी खेप्दै आएका थिए । वडा नजिकैको समैजी सामुदायिक वन छेउको सार्वजनिक जग्गामा छाडा चौपाया व्यवस्थापन गरिएपछि किसानको बाली जोगिनाका साथै सुपथ मूल्यमा प्राङ्गारिक मल पाउन थालेपछि स्थानीय किसानले व्यवसाीयकरूपले खेती गरेर आम्दानी गर्न थालेका छन् ।
“प्राङ्गारिक मल नपाउदा अधिकांश किसानले खेतबारीमा रासायनिक मल प्रयोग गर्दै आएका थिए” गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर खड्काले भन्नुभयो, “हाल वडाका अधिकांश किसानले प्राङगारिक मल प्रयोग गर्न थालेपछि माटोको उर्वराशक्ति बृद्धि हुनाका साथै माटोको गुणस्तरमा सुधार आएको छ ।”
प्राङ्गारिक मलको प्रयोगले अन्नबाली र तरकारीको मूल्य बढ्नाका साथै रासायनिक मलको प्रयोगमा कमी आएको उहाँको भनाइ थियो। केही किसानले गौशालाबाट मल खरिद गरे पनि अधिकांशले मल उत्पादनको तरिका सिकेर घरमै पनि मल उत्पादन गर्न थालेको पनि अध्यक्ष खड्काले उल्लेख गर्नुभयो । उहाँका अनुसार किसानको मागबमोजिम गौशालमा प्राङ्गारिक मलसँगै गड्यौला मल बनाउने कार्य अगाडि बढाइएको छ । रासायनिक मलमा परनिर्भरता कम गर्नका लागि प्राङ्गारिक र गड्यौला मलको प्रयोगलाई बढावा दिन थालिएको हो ।
गौशालामा पाँच सय छाडा चौपायालाई व्यवस्थापन गरिएको छ । गौशालामा व्याएका गाई घरमै लगेर पनि दूध तथा दही खान दिइने गरिएको छ । “गाई दुहुनो छँदासम्म घरमै लगेर पाल्नसक्ने व्यवस्था गरेका छौँ” वडाअध्यक्ष सिंहले भन्नुभयो, “गाईले दूध दिन छाडेपछि पुनः गौशालमै फिर्ता लिन्छौँ।”
नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार वडा नं १, २,४ र ५ गरी गरी पाँच ठाउमा छाडा चौपाया व्यवस्थापन गरिएको छ । पाँचवटै ठाउमा झण्डै एक हजार पाँच सय चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गरिएको र ती चौपायलाई रेखदेख गर्नेलाई खर्च भने नगरपालिकाबाट व्यहोरिदै आइएको छ । उहाँका अनुसार उत्कृष्ट व्यवस्थापनको कार्य वडा नं ४ मा भएको छ ।
News Desk 0 response सोमवार, अशोज १, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


