

-
काठमाडौं । विभिन्न देशमा रहेका राजदूतावासमा थप कर्मचारी पठाइने भएको छ। दूतावासहरूले भोग्दै आएको जनशक्ति अभावको समस्या समाधान गर्न सरकारले थप कर्मचारी पठाउने भएको हो।
नेपालमा दुई दिनसम्म चलेको राजदूतहरूसँगको छलफल कार्यक्रममा राजदूतहरूले कर्मचारी अभावबारे जानकारी गराएका थिए। सोही आधारमा विभिन्न देशमा रहेका दूतावासमा तत्काल २० जना कर्मचारी पठाउने भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले अति आवश्यक रहेका मुलुकहरूमा तत्काल कर्मचारी पठाउन लागिएको हो।
ती देशहरूमा दिनप्रतिदिन नेपाली विद्यार्थी तथा श्रमिकहरू बढ्दै गएका छन्। तर,दूतावासमा सीमित जनशक्ति छन्। जसले गर्दा काम गर्न असहज भइरहेको राजदूतहरूले गुनासो गरेका थिए। दूतावासका फोन समेत उठ्न नसक्ने अवस्था छ। कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या आइरहेको उनीहरूको भनाइ थियो। हाल दूतावासहरूमा ३ देखि ५ जनाको हाराहारीमा कर्मचारीले सेवा प्रवाह गर्दै आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूतावास तथा वैदेशिक रोजगारीमा देखिएका समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशनमा सरकारले तत्काल थप कर्मचारी पठाउन लागेको हो। श्रम मन्त्रालयका एक अधिकारीले ती २० जना थप कर्मचारी तत्काल प्रक्रिया पूरा गरेर पठाउने बताए।
News Desk 0 response बुधबार, भदौ २७, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


