

-
विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै पहिलो पटक भएको वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो । यो रातो रङको किरा महिलाको मस्तिष्कमा झन्डै दुई महिनादेखि बसेको अनुमान छ । जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढिरहेको प्रमाणका रूपमा यो घटना आएको डाक्टरहरूले बताएका छन् ।
क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले महिलाको मस्तिष्कमा जीवित किरा भेटिएपछि अपरेशन थिएटरमा रहेका सबै जना स्तब्ध भएको बताएका छन् । ‘यो पूर्णतया नयाँ प्रकारको सङ्क्रमण हो जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, उनले भने ।
अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरू पाइने डाक्टरहरू बताउँछन् । ताल छेउमा बस्ने महिलाले अजिङ्गरको मल र परजीवीको अण्डाबाट दूषित सागसब्जी खाएको हुन सक्ने डाक्टरहरूको अनुमान छ ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


