

-
काठमाडौं : धरानमा स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी लगायतको सुझबु
धरानमा गौहत्या विरुद्ध प्रदर्शन हुने र त्यसको प्रतिकार समेत हुने चर्चाले हिजो धरानको शान्ति अवस्थाबारे चिन्ता व्यक्त गरिएको थियो ।
धरानको शान्ति व्यवस्था मात्र नभएर त्यसको असर अरु ठाउँमा पनि पुग्ने जोखिम रहेको बेला धर्मगुरुहरूसहित इटहरीबाट अघि बढेको र्याली तरहराबाटै फर्किएको छ ।
र्यालीमा सहभागीहरुलाई सुरक्षाकर्मीहरूले तरहरामै रोकेपछि उनीहरु त्यहीँ कोणसभा गरेर फर्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेपछि आज बिहानैदेखि धरानमा मानिसहरूको चहलपहल कम थियो ।
निषेधादेशका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी प्रभावित भए ।
धरानमा बजार भने आंशिक खुलेको थियो । सार्वजनिक यातायात बन्द रहेकामा टेम्पो र मोटरसाइकल लगायत केही निजी गाडी चलेका थिए ।
धरानमा गौहत्या भएको विवरण सार्वजनिक भएपछि धार्मिक संघसंस्थाले त्यहाँ र्याली र प्रदर्शनको आयोजना गरेका थिए ।
र्यालीका कारण हुनसक्ने सम्भावित मुठभेड टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको र यसले सम्भावित चिन्ता टारेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
आज प्रहरीले धरानबाट बाहिरन दिए पनि धरान प्रवेशमा कडाइ गरेको थियो ।
धरानमा सामाजिक एकता कायम गर्न त्यहाँका पूर्व मेयरहरुले पहल गरेका छन् ।
यस्तै मेयर हर्क साम्पाङले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
धरानमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर सामाजिक एकताको लागि आह्वान गरेका छन् ।
धरानमा हिजो सर्वदलीय, सर्वपक्षीय र्याली पनि निकालिएको थियो ।
विभिन्न संघसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।
News Desk 0 response शनिबार, भदौ ९, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


