• काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

    त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने विषयलाई लिइर साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच हिजो प्रधानमन्त्रीले डाडेको बैठकबाट उच्चस्तरीय छानविन समिति बनाउने विषयमा सहमति नजिक पुगेकोले आजको बैठक सुचारु हुने अपेक्षा गरिएको छ ।