• कास्की । कास्कीको रुपा गाउँपालिका–६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    हिजो प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको ज्यान गएको हो ।

    दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।